Sunday, August 30, 2015

छिटो चल्ने पलहरु

2011, gaighat tanahu visit,own click
छिटो चल्ने पलहरु, सुस्ताउन थाले जस्तो
उदाउन नपाई जून्, अस्ताउन थाले जस्तो

के के हुन्छ हिजो आज, मनै थिरमा छैन
अनिदो र बेचैनी´ले, फुस्काउन थाले जस्तो

खुशीखोज्छु अनुहार्´मा, चिथरुं झै हुन्छ किन  
प्लास्टिकका बट्टा पनि, मुस्काउन थाले जस्तो

यस्तो हुन्छ उस्तो हुन्छ, पिरतीमा परेपछि
आफन्तीका कुरापनि, उस्काउन थाले जस्तो

छिटो चल्ने पलहरु, सुस्ताउन थाले जस्तो
उदाउन नपाई जून्, अस्ताउन थाले जस्तो

लोकतन्त्र ल्यायौ !

लोकले नजानेको, ठोकतन्त्र ल्यायौ
नाम संघियताको, शोकतन्त्र ल्यायौ

दिन दहाडै, गोली बन्दुक र कर्फ्यु
बन्द र हड्तालको, रोकतन्त्र ल्यायौ

जनता अबुझ यहाँ, रोगी छ सरकार
गोरुका बार्है टक्का, खोकतन्त्र ल्यायौ

हुन्थेन ए शिर्श नेता, जनता जुधायौ
न´चाहिने आरक्षण, तोकतन्त्र ल्यायौ

हिलिक्क भै´यो नि, फोस्रा भाषणले
बुझाउ छिटो कस्तो, लोकतन्त्र ल्यायौ ?

चांदीका महलमा, भोक देखिन

चांदीका महलमा, भोक देखिन
खुशीका किनबेच, रोक देखिन

सायद स्वतन्त्रता, टिप्दै होलान
कहिं कतै पनि त, तोक देखिन

तामझाम्को दुनियाँ, रंगीन संसार्
पूर्बेली संस्कृतिको, लोक देखिन

भरिपूर्ण शहर्´मा, एक्लो महल
हांसोमुस्कान् नोक, झोक देखिन

खुलेआम चुम्दैछन्, दिवा सपना
मर्दैछन आफन्त , शोक देखिन


Wednesday, August 26, 2015

अपरिभाषित युद्ध र मन poem

एक साँझ 
दोमन मन अनि अर्धचेत मस्तिस्क
छातीमा चलेका बग्रेल्ती युद्ध बिरुद्ध
जायज नाजायज माग,
बिखण्डित छन्
धुवाँको आँधी, धुवाँकै बाढि
तहस नहस छन् बाली र बस्ती
मुर्दाको किन बेच चलाईएको छ    
हानथाप छ जिन्दगी मास्नलाई
जन्नतको आशामा कतै, त कतै
स्वर्गको अभिलाषामा,
भ्रमित छ आकाश पनि
रबी पुगेको ठाऊमा,
किन अन्धकार छ भनि
सूर्य मौन देखिन्छ,
आगो नै ओकलेपनि पोल्न छोडेको छ
सूर्यको तेज लाई नै चिस्याउने
युद्ध चलेको छ छातीमा,
अपरिभाषित युद्ध, शन्खघोष बिनाका
आँफै तिर फर्किएका बाण,बन्दुक र भाला
कोही मर्दैनन्, जहाँ सबै मर्छन्।
युद्धले नै धिक्कार्ने युद्ध
चलेको छ छातीमा,

हाम्रा इन्क्लाब जिन्दाबाद!!
तिम्रा इन्क्लाब मुर्दाबाद !!
दुनियाँ अचम्मित् छ भ्रमित छ
कुन्ठित छ,
आज इन्क्लाब बेमतलबको नारा बनेको छ
हर कोही सहिद कहलिन चाहन्छ,
सलामी लिन चाहन्छ।
मुर्दा नै किन नहोस्
राजनीतिको फराकिलो झन्डा ओढ्न चाहन्छ भने
जिउंदाहरुको के कुरा??

दोमन मन अनि अर्धचेत मस्तिस्क
छातीमा चलेका बग्रेल्ती युद्ध बिरुद्ध !!
------
अगस्ट २६, बुधवार २०१५
स्पेन 

Tuesday, August 25, 2015

उपहास नगर मायाको

उपहास नगर मायाको
माया नै त उपहार हो
शिशिरको तुषारो राख्दै
San Juan from San Pedro
दिएको मैले बहार हो,,

थुङ्गा थुङ्गा समालेर
बनाएको माला तिम्लाई
के दिन्थें र एउटा माला
तिम्रैलागि त गुल्जार हो,,

दिन्छु हात समाउ छिट्टै
जिन्दगी यो मझधार हो
स्पर्शलाई बुझ्न सक्छौ भने
चुमे हुन्छ दिलदार हो,,

गुनगुनाए हुन्छन् अब
पिरतीका, यी गीतहरु
जूनतारा मात्र होइनन्
यी अन्जुमनका सार हो,,

उपहास नगर मायाको
माया नै त उपहार हो

एक्लोपनले सायद मलाई कबी बनायो

एक्लोपनले सायद मलाई कबी बनायो
अंध्यारो लाई चिर्ने, मधुर रबी बनायो

हराउंछु एक्लै एक्लै, धेरै टाढा पुग्छु
आफ्नै शहरमा लौन अजनबी बनायो

बिर्सिएछु साथीसंगी याद आउन छाड्यो
समयलाई दोश केबल, मतलबी बनायो

थर्थराउंथे औंलाहरु भक्कानिन्थ्यो छाती
दुइचार अक्षर कोर्न सक्ने खुबी बनायो

शब्दको साहाराले जिन्दगीको पुल बन्यो
यो ¨पौडेलले¨ आफन्तको छबी बनायो !!!

लेख्दिन गीत अब, माया पिरतीका

Amara Iron bridge
लेख्दिन गीत अब, माया पिरतीका
गाउनेहरु मायाप्रेम, लाउन बिर्सिसके

शुशेलेर ईशारामा, खोला वारी-पारी
गोधुलिमा देउराली, धाउन बिर्सिसके

दोहोरी र रोधि घर, भत्किए गाउँमा
खैंजेडिमा घांटु मिठा, गाउन बिर्सिसके

मायालु नै पर्देसिए, चोखो माया मारी
सम्झिएर लेक बेन्शी, आउन बिर्सिसके  

झरीपर्दा कर्कलाको, एउटै पात ओढ्थ्यौं
त्यही पातले जिन्दगी, छाउन बिर्सिसके

Monday, August 24, 2015

गीत दुनियाँले मलाई आँसु दियो

23 .08.2015, calle san pedro´
यो दुनियाँले मलाई आँसु दियो
केही यहाँ खसे केही त्यहाँ खसे
केही मिठा पल बिते केही तिता
मन भित्रकाले यो छातीमा डसे ।।

साँझको बेला
मन मझेरीमा बास मागे
मध्यरातमा छुरी झिकी
एकाएक दिलमा धसे

यो दुनियाँले मलाई आँसु दियो

तारा हुँं सितारा हुँं तिम्रो आकाशको
भन्दै, बिना निम्तो आङ्गनिमा खसे
आँखामा काखमा दिलमा डेरा कसे
थाहै पाईन मन मुटु कहाँ कहाँ पसे

यो दुनियाँले मलाई आँसु दियो


Sunday, August 23, 2015

रमाइलो मात्र

लाछी´डोरी बिर्सिएर जुल्फी काट्यौ अरे
दोबाटोमा पराई सँग् कुल्फी साट्यौ अरे

रेगिस्तान स्वामिराजा फोटो हेर्दै रुन्छन्
सासुसँग मन्दिर् भन्दै ढल्की ढांट्यौ अरे

रातभर् फोनमा झुन्डी दिन्मा सन्चो छैन
साँझपख लालीपाउडर् सेल्फी आट्यौ अरे

केछ् काली केछ् सानु सञ्चै छ्यौ भन्दा
तिम्रै लागि ब्रत बस्छु काफी छांट्यौ अरे

आजआज भोलीभोली स्वामी आउने दिन्मा
कुम्लाएर्  गर-गहना अन्तै फाट्यौ अरे

गीत मन छोएर उड्यो बतास

in bus ALSA on the way to Eiber (July)
मन छोएर उड्यो बतास,, उन्को आगमनमा
मलाई किन एस्तो हतास, जून्को आगमनमा

परेलीमा लुकाइ राख्थें,, सपनामा सङ्ग सँगै
एकोहोरो एक तमास,, धून्को आगमनमा

सर्सराए पालुवा ति, थर्थराए यी ओठ मेरा
गोधुलीको झम्के साँझ, धूल्को आगमनमा

यौवनको माधुर्यता, बसन्तको आङ्गनीमा
पिरतीमा बातै छन् खास, फूल्को आगमनमा

मन छोएर उड्यो बतास,, उन्को आगमनमा
मलाई किन एस्तो हतास, जून्को आगमनमा

Saturday, August 22, 2015

बन्दका परीबेशमा मुक्तक र तियाली

नपरोस् सुन्न भोली, गाडी जलेको  
लागेर इँट्टा र गोली, साथी ढलेको
ठेलेर ठेला बाँच्न, चाहन्छ् माइलो
भोकले रित्तो झोली, माथि गलेको
,,,,
कस्तो लोकतन्त्र जन्मियो हे राम 
सधैं´भरि ढुङ्गा मुंढा चक्का जाम
काम बिना कसोरी खाने हो माम ?
,,,,
खै के राखेको रहेछ, यो बन्दमा 
कसोरी उंभो लागोस् देश मन्दमा 
रमाउंछ मान्छे किन, दु´र्गन्धमा ??
,,,,
खै के राखेको रहेछ, यो बन्दमा साथी 
कसोरी उंभो लागोस् देश मन्दमा साथी 
तियाली तानेर मुक्तक पो बनाएं हजुर
रमाउंछ मान्छे किन, दु´र्गन्धमा साथी?? 
-आफन्त



आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...