Tuesday, August 25, 2015

लेख्दिन गीत अब, माया पिरतीका

Amara Iron bridge
लेख्दिन गीत अब, माया पिरतीका
गाउनेहरु मायाप्रेम, लाउन बिर्सिसके

शुशेलेर ईशारामा, खोला वारी-पारी
गोधुलिमा देउराली, धाउन बिर्सिसके

दोहोरी र रोधि घर, भत्किए गाउँमा
खैंजेडिमा घांटु मिठा, गाउन बिर्सिसके

मायालु नै पर्देसिए, चोखो माया मारी
सम्झिएर लेक बेन्शी, आउन बिर्सिसके  

झरीपर्दा कर्कलाको, एउटै पात ओढ्थ्यौं
त्यही पातले जिन्दगी, छाउन बिर्सिसके

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...