Monday, August 17, 2015

गाइजात्रे गजल

fiesta de carnaval 2014 Donosti
फिरिरी रेशमिको, चाला निको छैन
बेइमानी साँझमा, ताला निको छैन

फक्रिएको यौवन, जून्´कै छैन वास्ता
मद्होशी ति नयन, गाला निको छैन

भोकोप्यासी शहर, ऊन्कै पछी लाग्दा
मातेर लड्ने होकी, नाला निको छैन

आधुनिकता कस्ता, पारदर्सी छोटा
जवानीका जोशमा, टाला निको छैन

चुस्की र सर्को सधैं, मायालुको साथ
भविश्यको चिन्ता खै, बाला निको छैन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...