Wednesday, August 12, 2015

मनका मेरा गीतहरु

छाड्दिन गुनगुनाउन, मेरा मनका गीतहरु
पिरती´का मैदानमा, कोही छैनन् मीतहरु

भञ्ज्याङगका चौतारी, देउरालीका भाक्कल
अतित भए याद सँगै, चोखा मिठा प्रितहरु

मनका मेरा गीतहरु

चलन रैछन निस्ठुरीका, नजरले तिर हान्ने
मायालु´को दुनियाँ´मा, कहिं कतै रितहरु

भवँरो´नी भुनभुनाउँछ, रङ्गिन देखे फूलहरु
बिहानीको मिर्मिरेमा, बिलाउंछन सित´हरु

छाड्दिन गुनगुनाउन, मेरा मनका गीतहरु
पिरती´का मैदानमा, कोही छैनन् मीतहरु

मनका मेरा गीतहरु 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...