Tuesday, August 11, 2015

कहाँ हुन्छ र साथी

दुधको मज्जा पानीमा, कहाँ हुन्छ र साथी
र आमा जस्तै सानीमा, कहाँ हुन्छ र साथी

एेनाले बताउन्न् कतै, मन भित्रको खुशी
मिठा सप्ना सिरानीमा, कहाँ हुन्छ र साथी

चितामा जल्दछ देह, आत्मा परलोकमा
यो पार्श्वब खरानीमा, कहाँ हुन्छ र साथी

नौनी आगाको मित्रता, सिद्दिन्छ पग्लिएर
नेतीको गांठो मदानीमा, कहाँ हुन्छ र साथी

खुलेका हुन्छन बाटा, हेरेर हिंड्नु पर्दछ
अबरोध जवानीमा, कहाँ हुन्छ र साथी 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...