Tuesday, August 11, 2015

कहाँ हुन्छ र साथी

दुधको मज्जा पानीमा, कहाँ हुन्छ र साथी
र आमा जस्तै सानीमा, कहाँ हुन्छ र साथी

एेनाले बताउन्न् कतै, मन भित्रको खुशी
मिठा सप्ना सिरानीमा, कहाँ हुन्छ र साथी

चितामा जल्दछ देह, आत्मा परलोकमा
यो पार्श्वब खरानीमा, कहाँ हुन्छ र साथी

नौनी आगाको मित्रता, सिद्दिन्छ पग्लिएर
नेतीको गांठो मदानीमा, कहाँ हुन्छ र साथी

खुलेका हुन्छन बाटा, हेरेर हिंड्नु पर्दछ
अबरोध जवानीमा, कहाँ हुन्छ र साथी 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...