Thursday, August 6, 2015

भाव ठुलो कि, बहर गजलमा

San Juan, san pedro
भाव ठुलो कि, बहर गजलमा
सिक्छु म आज, रहर गजलमा

देख्छु सधैं ति, महल रदिफका
लाल लला ल, लहर गजलमा

आँसु कि मोति, नजर नजरमा
बेर्थ नखोज, कहर गजलमा

साँझ बिहान, नदि ति बगरमा
पोख्छु म साकि, शहर गजलमा

अमृत पाए, किन मरनु छ याँ
खोज्दिन साथि, जहर गजलमा
  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...