Tuesday, August 11, 2015

रहर´हरु, जिलाउंदै गर्नु

own photo seagle
हिसाबकिताब जिन्दगीका, मिलाउंदै गर्नु
छरिएका ती सपना टिपी, सिलाउंदै गर्नु

कहिले खायो खडेरीले, हिजो पस्यो बाढि
ढुङ्गा पन्छाई रहर´हरु, जिलाउंदै गर्नु

भरोशा छैन आज भन्छन्, भोलिको के कुरा
आस्था विश्वाश सोध्नेलाई, दिलाउंदै गर्नु

एक्लो यात्रा एक्लो यात्री, पथिक बनेपनि
ति प्यासी भेटे दोबाटोमा, पिलाउंदै गर्नु

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...