Tuesday, August 11, 2015

रहर´हरु, जिलाउंदै गर्नु

own photo seagle
हिसाबकिताब जिन्दगीका, मिलाउंदै गर्नु
छरिएका ती सपना टिपी, सिलाउंदै गर्नु

कहिले खायो खडेरीले, हिजो पस्यो बाढि
ढुङ्गा पन्छाई रहर´हरु, जिलाउंदै गर्नु

भरोशा छैन आज भन्छन्, भोलिको के कुरा
आस्था विश्वाश सोध्नेलाई, दिलाउंदै गर्नु

एक्लो यात्रा एक्लो यात्री, पथिक बनेपनि
ति प्यासी भेटे दोबाटोमा, पिलाउंदै गर्नु

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...