Wednesday, August 12, 2015

किनारामा होइन मझधारमा छ

करारमा छ जीवन दरारमा छ
view of zurriola from mt Ulia
बन्द सन्दुक बन्द दराजमा छ

गीतामा हुन्छ कुरानमा नी हुन्छ
यो प्राथना सहित नमाजमा छ

गाउँबस्ती शहर जहाँ खोजे पनि
कथित् मान्छेहरुको समाजमा छ

भौंतारिएकाको भिड अचम्मै भो
हेर खाली शैतानी दिमागमा छ

ओढारमा छ जीवन दोधारमा छ
किनारामा होइन मझधारमा छ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...