Tuesday, August 18, 2015

दिदीको गुनासो माइतिको आँगन

बरिलै भाका

छिड्किनी खेलने, आङ्गनीमा बिस्कुन
आज त पिँढि´मा, नाचिन्छ बरिलै
चालिसेले छोएपनि, जिउ मेरो दुरुस्तै
हेर्नुस् आमा कम्मर, भांचिन्छ बरिलै

घिरौला र चिचिन्डा, नखाको धेरै भो
उफ्री उफ्री तरकारी, टिपिन्छ बरिलै
लौका पनि खाइन्छ, फर्सी पनि खाइन्छ
नटिपे त मेरि आमै, छिप्पिन्छ बरिलै

काँक्रोको अचारमा, तोरिको छोप अनि
गोठ छेउको निबुवा, निचोरिन्छ बरिलै
गीत गाउने बुवाले, दिदी बहिनी छोपने
निम र दत्ति वन, लाछिन्छ बरिलै

बस्नुस् आमा पिँढिमा, अराइ र सिकाइ
दिदिबैनी मिली दर, पकाइन्छ बरिलै
एउटा भाई बिदेश, अर्को भाई काठमाडौं
पिर नमान्नुस् बाबा, सघाइन्छ बरिलै

माइतिको आँगन, भाई भदा हाम्रै हुन्
बुढेसकालले छोए पनि, आईन्छ बरिलै
मिठो पिठो जे जे पाक्छ, स्वादले खाने हो
धोको फुकाइ तिजमा, गाइन्छ बरिलै

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...