Wednesday, August 12, 2015

आखिर बाँच्नको लागि, बाँचेको हुन्छु म

own foto ,beach conxa,
आखिर बाँच्नको लागि, बाँचेको हुन्छु म
दर्पण अगाडि मात्र, हाँसेको हुन्छु म

भावनाका कुनै मूल्य, न मान्यता यहाँ
पराइ सँग साहिनो, गाँसेको हुन्छु म

पूरा होलान नहोलान्, असिमित मेरा
रहर अनि सपना, साँचेको हुन्छु म

निर्दयी लाग्छ जिन्दगी, बाँच्न नजानेर
बेकार स्वर्ग र नर्क, दाँजेको हुन्छु म

भाग्दैछु भगाउंदै छ, मलाई यो दुनियाँ
आफुले आँफैलाई नै, ढाँटेको हुन्छु म

आखिर बाँच्नको लागि, बाँचेको हुन्छु म
दर्पण अगाडि मात्र, हाँसेको हुन्छु म

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...