Wednesday, August 19, 2015

छोरो भो पर्देश् नाती आमाको

साउन १६,२०७२ रुद्री रामपुर 
दुखेको देख्छु छाती आमाको
भिजेका आँखा राती आमाको

बलेंशि र पिँढी आङ्गन् ठुलो
छोरो भो पर्देश् नाती आमाको

लाग्दैन निन्द्रा भोक था´छैन
दलिन्का तस्बिर् साथी आमाको

धैर्य सिवाय के लिनु यहाँ
ममताको काख् जाती आमाको

तुलशी मठमा जोरका बत्ती
दुखेको देख्छु छाती आमाको

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...