Thursday, August 6, 2015

EQ edit rem.

मनमन्दिरमा, सजाएका, फूल झरेछन्
आकाश बाट, तारा सँगै, जून झरेछन्

रमाइ रह्यो, ईन्द्र धनुस्, सप्त रङ्गमा
फिका लाग्छन, सारङ्गीका, धून झरेछन्

हिमाल पहाड्, र तराई, देश भित्र नै
छट पटिदै, धरोहर्´का, खून झरेछन्
//////////////////////

निभेको छ बस्ती, उजेलो म खोज्छु
खनेको छु धर्ति, जूनेलो म खोज्छु

म खानेछु काँढे, र भ्याकूर भोक्मा
चियाका बुटामा, नूनेलो म खोज्छु

मलाई छ प्यारो, हिमाली सुगन्धा
पहाडी ति चौंरी, दूधेलो म खोज्छु





No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...