 |
| beach zurriola, own photo |
दिल त दरबार हो सानु
घर झिङ्गटीले बारे पनि
मन मन्दिरमा छौ सानु
तिमीले माया मारे पनि
धनदौलत मयल भन्छन्
फल्दैन रुपैया सारे पनि
चित्त कस्को बुझ्ला र यहाँ
ति जुन तारा नै झारे पनि
सानुले नै त हो नि जितेकी
प्रेमको खेल् मैले हारे पनि
No comments:
Post a Comment