Wednesday, August 12, 2015

तानेर च्यादर आकाश, ओढ्न चाहन्छु

foto google
तानेर च्यादर आकाश, ओढ्न चाहन्छु
चांदनीलाई दाग्´कोबारे, सोध्न चाहन्छु

इन्द्रेणी आखिर सदैव, क्षितिज् माथि
उसैलाई म आँगनीमा, मोड्न चाहन्छु

सितारा गनेर रातमा, हिसाब् किताब्
गुन´गुनाउन्दै बागमा, गोड्न चाहन्छु

अप्ठेरा र रिसाहा ग्रह, हुन्छ भन्छन्
ल्याएर धर्तिमा ओखर, फोड्न चाहन्छु

बस्दिन म हेरी आकाश, यो कौशीबाट
जमिन आकाशको दूरी, तोड्न चाहन्छु  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...