Friday, August 14, 2015

भिडमा मेरो हिस्सा

तस्बिर अनलाइन खबर 
भिड छ आज
बिरोधका भिड
समर्थनका भिड
सुर्खेत देखि जुम्ला
ठोरी देखि हुम्ला
जिन्दाबाद र मुर्दाबाद
चाहिंदैन र फिर्ता गर
यसो गर उसो गर
हो भिड छ,
नारा छ जुलुश छ
के ठिक के बेठिक
को सहि को गलत
थाहा छैन मलाई,
तर
भिडमा म पनि सामेल छु
झन्डा बोकेको छु
डन्डा बोकेको छु,
हो नि म पनि भिडको
एक हिस्सा बनेको छु,
थाहा छैन, मेरो प्रतिनिधित्व
एक ईतिहास बन्छ कि किस्सा मात्र
कहिले मशाल बोक्छु
बिरोधको मशाल
तोडफोडको त अनुमती नै छ म सँग आज
ढुङ्गा मुढा अनि चक्काजाम
मेरा सुख्खा रोजिरोटी बनेको छ,
मुलत भिड अनियन्त्रित हुन पुग्छ
म अनियन्त्रित हुन्छु
सरकार गोली चलाऊंछ
अश्रु ग्यांस छोड्छ
कर्फ्यु लगाउंछ,

को ठिक् को बेठिक
भिड भिड नै रहेछ
म भाग्न चाहन्छु
भिड बाट
तर अगाडि अर्को भिड
फेरी अर्को भिड
भिडै भिड
जुलुशै जुलुश
नारै नारा

म फेरी अर्को भिडको
हिस्सा बनेको हुन्छु

 -----------

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...