Friday, August 14, 2015

कस्को के लाग्छ, काल पल्के पछी

कस्को के लाग्छ, काल पल्के पछी
सकुनीका जस्तै, चाल पल्के पछी

दबिन्छन् स्वर, बिरोधका झिल्का
स्वचालित् तिनै, नाल पल्के पछी

एकता´को नारा, छुरी चलाऊंदै
गुट उपगुटका, जाल पल्के पछी

परिश्रम बिना, धन् आउंछ भन्दै
हेरौं! दरिद्रीका, थाल पल्के पछी

छद्म भेसी साधु, ॐ कार जपदै
स्याल ब्वाँसोका, खाल पल्के पछी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...