Saturday, August 15, 2015

यस्तै छ

प्रेम प्रकाश पौडेल 
प रामपुर चितवन 

यस्तै छ नेपाल, लिपुलेकका, टाकुरा रुँदैछन्
राराका छेउमा, फूलने तिनै, साकुरा रुँदैछन्!

नसोध्नु अहिले, भोलिका कुरा, थाछैन मलाई
कर्णाली एकलै, भयोकि भनि, बाजुरा रुँदैछन्!

मधेश-तराई, हिमाल छुट्यो, पिडाझन् बल्कियो
छिमेकी गद्धार, सिमाना लुटे, खाजुरा रुँदैछन्!

सुर्खेत परासी, चितौने थारु, सम्बोधन् भा´छैन
संजाल काटियो, अचम्म मान्दै, माकुरा रुँदैछन्!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...