Tuesday, August 11, 2015

भेटियोस् न मात्र

खोज्छु आफन्तमा कतै प्यार भेटियोस्
डुब्थें म त्यही प्यारमा निशार भेटियोस्

एकांकीले कोपर्छ भिडमा समेत् एकलै
साँझमा सधैं साथ दिने यार भेटियोस्

दरबन्दी बिनाको जीवन स्थाईत्व छैन
बन्दकीमा छाडि´दिन्थें करार भेटियोस्

न गुनासो न मोह ओठमा लाली छैन
मुद्धामामिलाका लागि एेतबार भेटियोस्

बांच्नेले के नै च्याते, खोजेर खन्डहर
लुक्नेछु त्यही दिन म दरार भेटियोस् 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...