Thursday, August 6, 2015

तिम्रो नजर भित्र

pic google
जरुर केही राज छ, तिम्रो नजर भित्र
तबत मीठो बात छ, तिम्रो नजर भित्र

नभन तिम्ले बुझ्दिन, यी आँखा जुधाएर
देख्दछु लामो रात छ, तिम्रो नजर भित्र

जान्न मधुशाला अब, पिउनु छैन नशा
ईशारामा नै मात छ, तिम्रो नजर भित्र

नमान न ब्यर्थै चिन्ता, भूत र भबिश्यको
भोलि नभए आज छ, तिम्रो नजर भित्र

डुबी सकेछ "आफन्त", तिनै गहिराईमा
जुनि जूनिको साथ छ, तिम्रो नजर भित्र 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...