Tuesday, August 4, 2015

अधर्मिले डांका, डाल्न खोज्दैछन्

अधर्मिले डांका, डाल्न खोज्दैछन्
सनातन हिन्दू, फाल्न खोज्दैछन्

पूरानो अस्तित्व, डग्-मगाउला है
निर्पेक्ष्यको धूलो, हाल्न खोज्दैछन्

हालिन्न डोकोमा, दूध कहिल्यै नी
जातियता उपद्रो, चाल्न खोज्दैछन्

घर सल्काएर, आगो ताप्नेहरु यहाँ
धैर्यताको खम्बा, ढाल्न खोज्दैछन्

न´दोहोरियोस् त्यो, महाभारत अब
असत्यको झिल्को, बाल्न खोज्दैछन्

अधर्मिले डांका, डाल्न खोज्दैछन्
सनातन हिन्दू, फाल्न खोज्दैछन्





No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...