Tuesday, August 18, 2015

तिजको कोशेली: बुवा आमाको दोहोरी

बरिलै भाकामा

आमा:
भांची ल्याइदेउ बाबा बारीको तामा
दर खाने दिन सम्म अचार बरिलै,
जेठी छोरी पूर्व कान्छी पश्चिम´मा
कस्लाई लिन जाने हो बिचार बरिलै !!

बुवा:
जेठो छोरो बिदेश नाती अझै सानो
कान्छो छोरो बोलाएर पठाउ बरिलै
आफु भैयो बुढो आँगन भो परदेश
नजिकै छे माइली सँगै मनाउ बरिलै!!

आमा:
त्यसो भए ए बाबा, टिकट काटिदेउ
जेठि छोरी लिन आँफै जान्छु बरिलै
बुढी भएं जान्न माइती मेरा दाजु एकलै
तिनै छोरी बोलाएर, मान्छु बरिलै !!

बुवा:
पिर नमान मेरि बुढी हातमा फोनछ
फोन गरेर बजारमा भेट्छु बरिलै
स्कुटरमा राखेर पालैपालो ओसार्छु
बर्षदिनको नियास्रो मेट्छु बरिलै


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...