Wednesday, August 5, 2015

तियाली

१० 
-----
भुक्ने कुकुरले, पक्कै टोक्दैन 
भोको पेटले, बन्दुक बोक्दैन 
गर्ने नेताले ,सदैब खोक्दैन !!
११ 
-----
शिंह दरबार बस्छ, तडक भडकमा 
फोस्रा भाषण सदैब, तिखा र कडकमा 
जनता जुदाउंदै छन्, हेर्नुस् सडकमा  
१२ 
---
तियालीमा तड्का, यी मिठा कबिता 
¨राम् राज्य¨का निहुं, दिनहुं रमिता 
जन्मेलान् के ¨बुद्ध¨, बनी राष्ट्रपिता !!
१३ 
---
चलाऊने´ले राज्य, हरायो रे सांचो 
रोगी भोगी र जोगी, मशान त्यो काँचो 
कोही जन्मे त हुन्थ्यो, देशमा छ खाँचो 
-----
मन उनको आज भएछ ढुङ्गा 
म वारी परन्तु पारी छ डुङ्गा 
अंगार बन्दैछन् फूलका थुङ्गा 



No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...