Friday, August 7, 2015

गीत बाबियो झैं, केश राशी

Concha donosti,,
कदम कदम साथ तिम्रा हातमा हात छन्
जुनेलीका सितहरुमा मिठामिठा रात छन्

पोखेर नसकिने अतितका तिनै यादहरुमा
सुनुं'सुनुं लागि राख्ने मनभरिका बात छन्

लुट्पुटिएर तिम्रै काखमा निदाइरहन पाए
सपनीका मुस्कानमा झनैप्यारा राज छन्

बाबियो झैं, केश राशी, फक्रिएको यौवन
दन्तलहर हिमाललाग्ने ओठमा लाज छन्

बिहानीको मिर्मि'रेमा ललाटका माधुर्यता
दिन बिते हांसिखुसि मत्याउने साँझ छन्


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...