Friday, August 7, 2015

गीत बाबियो झैं, केश राशी

Concha donosti,,
कदम कदम साथ तिम्रा हातमा हात छन्
जुनेलीका सितहरुमा मिठामिठा रात छन्

पोखेर नसकिने अतितका तिनै यादहरुमा
सुनुं'सुनुं लागि राख्ने मनभरिका बात छन्

लुट्पुटिएर तिम्रै काखमा निदाइरहन पाए
सपनीका मुस्कानमा झनैप्यारा राज छन्

बाबियो झैं, केश राशी, फक्रिएको यौवन
दन्तलहर हिमाललाग्ने ओठमा लाज छन्

बिहानीको मिर्मि'रेमा ललाटका माधुर्यता
दिन बिते हांसिखुसि मत्याउने साँझ छन्


No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...