Thursday, August 13, 2015

नजानेर होला जिन्दगी, बुझ्न सकिन

गजल कै माग 
नजानेर होला जिन्दगी, बुझ्न सकिन
पत्थर हो कि देवता खै, पुज्न सकिन

बांधिएका छन यी हात, आँफैमा आज
चाहेर पनि परेली उन्का, पुछ्न सकिन

बर्षातका मौशम, बाढि पहिरो र भेल
आफु भने यो साउनमा, रुझ्न सकिन

चिथोरौं कि कोपरौं, यो दुनियाँ संसार
दिक्दारीमा आफ्नै कपाल, लुछ्न सकिन

समय बलवान रह्यो, समयले जित्यो
परिस्थितीमा समय सँग्, जुध्न सकिन 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...