Friday, August 14, 2015

ब्यङ्य:फापेन

फापेन है फापेन, देशमा गनतन्त्र फापेन
संघियता सहितको, यो लोकतन्त्र फापेन

राजनीतिलाई ब्यापार स्वार्थैस्वार्थको भिड
हुँदाहुँदा त ल नेपालमा प्रजातन्त्र फापेन

नारा जुलुश कर्फ्यु, के यही हो त सधैं ?
जातियताका तिम्रा कानफुकी मन्त्र फापेन

चलाऊन नजानेका हुन कि, गाडी पूरानो
सरकार नामका, थोत्रामोत्रा यन्त्र फापेन

न अभिमतको कदर, न स्वाभिमानको नै
भिडमा गोलिचलाऊने, ठोकतन्त्र फापेन


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...