Saturday, August 15, 2015

झ्याउरे लय बोलाउने कसोरी

मायाको साहिनो अनौठो रै´छ बोलाउने कसोरी
तस्बिर उनको आँखामा राखी टोलाउने कसोरी

पहिलो भेटमा, बसेको माया, मेटिने रै´न´छ
खिल झै बस्यो त्यो पहिलोप्रेम भूलाउने कसोरी

बनको मजूर, फिजाइ प्वांख, रमाउँदै नाचेको
दर्पण छेउमा लाजलाग्छ आज् लोलाउने कसोरी

एकोहोरो माया मनमा बस्यो दिलमा राज गरी
पराइको प्रित, सम्हाली मैले, चूलाउने कसोरी

मायाको साहिनो अनौठो रै´छ बोलाउने कसोरी
तस्बिर उनको आँखामा राखी टोलाउने कसोरी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...