Saturday, August 22, 2015

बे´छन्दका बन्दको, मारमा छ देश

बे´छन्दका बन्दको, मारमा छ देश
मुस्किल् तरबारको, धारमा छ देश

लुट्नेले फुटिन्जेल, खान पाएका छन्
सिधासाधा जन्ताको, भारमा छ देश

सपना धेरैदेखे, लोकतन्त्र गणतन्त्रको
शिखर् चुम्नपर्ने जो, झारमा छ देश

जित्ने शिर्श् महापुरुश्, मन्दिर् पूजारीको
असफल् लडाकुको, हारमा छ देश

मह काड्नेले नै त, हात चाटने छ
रानो´ले नै चुसेको, घारमा छ देश
------
हार:लाइन  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...