Wednesday, August 26, 2015

अपरिभाषित युद्ध र मन poem

एक साँझ 
दोमन मन अनि अर्धचेत मस्तिस्क
छातीमा चलेका बग्रेल्ती युद्ध बिरुद्ध
जायज नाजायज माग,
बिखण्डित छन्
धुवाँको आँधी, धुवाँकै बाढि
तहस नहस छन् बाली र बस्ती
मुर्दाको किन बेच चलाईएको छ    
हानथाप छ जिन्दगी मास्नलाई
जन्नतको आशामा कतै, त कतै
स्वर्गको अभिलाषामा,
भ्रमित छ आकाश पनि
रबी पुगेको ठाऊमा,
किन अन्धकार छ भनि
सूर्य मौन देखिन्छ,
आगो नै ओकलेपनि पोल्न छोडेको छ
सूर्यको तेज लाई नै चिस्याउने
युद्ध चलेको छ छातीमा,
अपरिभाषित युद्ध, शन्खघोष बिनाका
आँफै तिर फर्किएका बाण,बन्दुक र भाला
कोही मर्दैनन्, जहाँ सबै मर्छन्।
युद्धले नै धिक्कार्ने युद्ध
चलेको छ छातीमा,

हाम्रा इन्क्लाब जिन्दाबाद!!
तिम्रा इन्क्लाब मुर्दाबाद !!
दुनियाँ अचम्मित् छ भ्रमित छ
कुन्ठित छ,
आज इन्क्लाब बेमतलबको नारा बनेको छ
हर कोही सहिद कहलिन चाहन्छ,
सलामी लिन चाहन्छ।
मुर्दा नै किन नहोस्
राजनीतिको फराकिलो झन्डा ओढ्न चाहन्छ भने
जिउंदाहरुको के कुरा??

दोमन मन अनि अर्धचेत मस्तिस्क
छातीमा चलेका बग्रेल्ती युद्ध बिरुद्ध !!
------
अगस्ट २६, बुधवार २०१५
स्पेन 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...