Monday, August 10, 2015

रमाइलो मात्र

निभाउने पो कसरी, आगो जवानीको
कमजोर बन्दैछ त, धागो जवानीको

उर्बर भूमी सरह, फल्थे सपनाहरु
बलौटे बन्दैछ मेरा, पांगो जवानीको

सावनमा त सुके यी, खहरे र खोल्सा
बषन्तमा किन झर्थे, छांगो जवानीको

झार्थे जुनतारा मैले, आकाशका तिनै
भांचियो हिजो भर्खर, टांगो जवानीको

ढाकेर ढाक्किएन, लुगा फाटाले पनि
इंकित गर्छ समाज, नांगो जवानीको






No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...