Monday, August 10, 2015

रमाइलो मात्र

निभाउने पो कसरी, आगो जवानीको
कमजोर बन्दैछ त, धागो जवानीको

उर्बर भूमी सरह, फल्थे सपनाहरु
बलौटे बन्दैछ मेरा, पांगो जवानीको

सावनमा त सुके यी, खहरे र खोल्सा
बषन्तमा किन झर्थे, छांगो जवानीको

झार्थे जुनतारा मैले, आकाशका तिनै
भांचियो हिजो भर्खर, टांगो जवानीको

ढाकेर ढाक्किएन, लुगा फाटाले पनि
इंकित गर्छ समाज, नांगो जवानीको






No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...