Tuesday, August 4, 2015

टिपन टापन


फूलको नशामा, माली बेइमानी

यीअर्थ बिनाका, ताली बेइमानी

निती श्लोकमा, भनेका थियौ त
फूलेर नझुक्ने, डाली बेइमानी

-----------------
भन्दैथियौ हिजोको, साथी नजाती
जसले तिमीलाई, पिउन सिकायो

आदर्श र सिद्धान्त, थाहा भएन
टालाटुली बटुली, जिउन सिकायो

उध्रेका विश्वाशमा, जडौरी खोज्यौ
टिपेर यी पत्ताहरु, सिउन सिकायो

भन्दैथियौ हिजोको, साथी नजाती
जसले तिमीलाई, पिउन सिकायो
---------------------

लिएर भन्दा दिएर त हेर
पिएर भन्दा जिएर त हेर
सजिलो हुन्छ दुखाउन मन
दुखेको छाती सिएर त हेर
अभिशाप हो कि बरदान थाहा छैन
सताउंछ् आखिर परेशान थाहा छैन
11 July 14:45

झरिले दिलायो याद पूरानो
कसरी भुलौला साथ पूरानो
नदिका किनारा भेट हुँदैनन्
तिमी सँगको त्यो साँझ पूरानो

13 July 11:11
के गुनासो गर्नु, जिन्दगी सँग
रित्तीएको मान्छे, बूलंदी सँग
16 July 00:01

हेर्दै जाउ बालुमा फूल फुलाउने छु एकदिन
झारेर जून तारा यहाँ डुलाउने छु एक दिन
नसोध कसोरी टिपी जुन्तारा ल्याउनेछौ भनी
चिरेर क्षितिज गोरेटा खुलाउने छु एकदिन
दिलको दूकान नखोज शहरमा
टल्किएकाहरु सारा जलप हुन्

17 July 00:29
बिर्सिए जसले उसैको सम्झनाले सताउंछ
खुला आँखामा आउने कल्पनाले सताउंछ
17 July 14:55

जलेको जल्यै छ, छाती र मन
के निभ्थ्यो बरै इर्श्याको पानीले !!
- आफन्त
26 July 23:28
दबाएर नै राख्यौ, मन भित्रको चाह
निभाउने कसोरी, झन बल्दोछ डाह
27 July 13:20
हिजो-आज जिन्दगानी, देखिंदै छ दोधारमा
आफन्तको राम् कहानी, लेखिंदै छ ओढारमा
27 July 18:32
बोल्दै नबोल्ने तिमी त, ठूली भैछौ
सतहमा खोजिरहें, चूली भैछौ
Wednesday 22:50

खोजेर पाउन्न, नशिला रातहरु पूराना
भूलेर सक्दिन, कशिला हातहरु बिराना

Thursday 14:13
कतै तिरमा छु कतै भिरमा छु
म त्यही हिमालको शिरमा छु
बुझाउ कसोरी सुन्दैन मान्छे
बताउन म सक्दिन पिरमा छु

Sunday 14:59
दोबाटोमा मिल्किएको, ढुङ्गा भयो जीवन
पूजारीले कुल्चिएको, थुङ्गा भयो जीवन
अबिश्वास्को तूयाँलोले, ढाक्यो सबै बन्धन
समुन्द्रमा ढल्किएको, डुङ्गा भयो जीवन

भुक्न नजान्ने कुकुर, टोक्न खोज्दैछन्
बिद्ध्वान भनौदाहरु, घोक्न खोज्दैछन्

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...