Thursday, July 30, 2015

remains editting


२२२ ११ २१२ १११ २, २२ १ २२१ २
कस्तोभो त नि जिन्दगी रहरमा, छाडेर नेपाल त्यो
सस्तोभो त नि जिन्दगी बगरमा, छाडेर नेपाल त्यो

अन्ध्यारो छ जताततै झिलिमिली बल्दैन बत्ती यहाँ
यस्तोभो त नि जिन्दगी डगरमा, छाडेर नेपाल त्यो

धूवाँमा भिडमा हराउछु, कता? बिर्सन्छु बाटा यिनै
खस्दोभो त नि जिन्दगी लहरमा, छाडेर नेपाल त्यो  
-----------
२१२ २१२ २१२ २१२
भोकमा शोकमा, साटिगो जिन्दगी
कूहिने होकि खै, माटिगो जिन्दगी

कूहिरो यो धूवाँले, बनायो दीकदार्
सीउने पो क´हाँ, फाटिगो जिन्दगी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...