Saturday, July 4, 2015

गीत न आए नि हुन्थ्यो

सधैं भरी सपनीमा, न आए नि हुन्थ्यो
बिना निम्तो निदरीमा, न धाए नि हुन्थ्यो

उज्यालोले डस्छ अनि, भिड्मा सधैं एक्लो
जुन्किरिले अन्धेरिमा, न छाए नि हुन्थ्यो

क्षणिकको मातले आज्, बेहोसीमा जिउनुपर्दा    
मायाप्रिती जिन्दगीमा, न लाए नी हुन्थ्यो

आफैं खुशी आफ्नै ताल्ले, बनमा मजुर् नाच्छ्
सान्कान्छिले पन्धेरिमा, न गाए नि हुन्थ्यो

सधैं भरी सपनीमा, न आए नि हुन्थ्यो
बिना निम्तो निदरीमा, न धाए नि हुन्थ्यो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...