Sunday, July 26, 2015

हिन्दूत्व् नरहे, रहने छैन राष्ट्र

बेचेर देश, स्वाभिमानका कुरा
कता हराए, अभिमानका कुरा ,,

राँको बाल्दैमा, पिचास तर्सिन्न
भुल्दै छौं मान´सम्मानका कुरा

मुर्दा शान्तीमा, राज्य चल्दैन
गर्नेछन् फेरि, समशानका कुरा

हिन्दूत्व् नरहे, रहने छैन राष्ट्र
ब्यर्थै नगरे, हानाहानका कुरा

दुख्दोछ छाती सुस्ता लिपुलेकमा
प्रभुका शरण्, अपमानका कुरा !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...