Thursday, July 9, 2015

दाग हजुर

कोतारेर् जांदैन, जिन्दगीको, दाग हजुर
कसले सल्कायो, बिहानीको, आग हजुर

निभ्दैन भन्छन्, सल्किएपछी, यो आगो
सनाईले बोल्दैन, जवानीको, राग हजुर

बोलेको पुगोस, देखेको चाहियो, रे यहाँ
यस्तै यस्तै त छ, दुनियाँको, माग हजुर

फक्रन्न कोपिला, कहाँ टिप्नु, फूल अाइन्दा
सुन्य सुन्य लाग्छन्, शिशिरको, बाग हजुर

दौलतमा बिक्छन्, यौवनका, फूलहरु तर्
ब्यर्थै सुन्नु पर्छ, मायालुको, धाक हजुर




No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...