Wednesday, July 15, 2015

$$$ गजल $$$

न जूठो न चोखो, छ मेरो जवानी
न लामो न छोटो, छ मेरो कहानी ।।

धुवां´मा बितेका, पलै जो हिजोका  
न हाँसो न आँशु, छ मेरो बिहानी ।।

भिजेका रुमाल्´झैं , निचोर्यौ मलाई
न सुख्खा न गीलो, छ मेरो सिरानी ।।

छ ज्वाला मनै´मा, ननिभ्ने दियालो  
न देख्छौ न बुझ्छौ, छ मेरो रिशानी ।।

छ यस्तै छ साथी, न पोखे गुनासो
न तीखो न बोधो, छ मेरो निशानी ।। 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...