Tuesday, July 28, 2015

नजर नजरका, तिनै बात मिठो

नजर नजरका, तिनै बात मिठो
उनी सँगका औंशीका रात मिठो

रूखका के कुरा प्यारो छ छाया
बिर्सेंर फूल कोपिला पात मिठो

कोर्दिन गजल् भन्थें, नभेटे उन्लाई
बिर्सेर नै नसक्नु, छोटा साथ मिठो

अमृतका के कुरा बिष:का प्याला
दिन्छन् भने त उनैका हात मिठा

नजर नजरका, तिनै बात मिठो
उनी सँग त औंशीका रात मिठो




No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...