Tuesday, July 28, 2015

गीत

शुशेलीमा मिठो लाग्थ्यो, मायालुले बोलाएको
एकान्तमा मेरै तस्बिर्, हेर्दै उनी टोलाएको

गोधुली र झिस्मिसेमा, आउंदो रैछ याद् धेरै
क्षितिजको जून हेर्दै, उन्ले काख्´मा झूलाएको

पर्देशिले माया मार्यो, भन्दै उनी रुन्छिन् होला
अनिंदो र छट्पटिले, परेली ती लोलाएको

जहाज् चढि भेट्न् जाने, मन भरिको कल्पना
प्यारोलाग्छ् माला तिनै, मेरै लागि ओईलाएको

शुशेलीमा मिठो लाग्थ्यो, मायालुले बोलाएको
एकान्तमा मेरै तस्बिर्, हेर्दै उनी टोलाएको ।। 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...