Thursday, July 9, 2015

गजल १२२ं * ४

दुखेको छ छाती, नसोधे मलाई
हराएं म साथी, नखोजे मलाई

लुकेको छ पीडा, र बेथा मुटूमा
हवामा म उड्छु, नजोखे मलाई

निसाना चुकाएँ, बिराएँ ति बाटा
भुलेको छु मूल्य, नतोके मलाई

म आफैं छु भारी, जमाना म सँगै
कसैले गुनासो, नपोखे मलाई

म हिंड्छु किनारा, नदीका तिरैमा
र डुब्छु म त्यहीं, नरोके मलाई

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...