Thursday, July 9, 2015

गजल १२२ं * ४

दुखेको छ छाती, नसोधे मलाई
हराएं म साथी, नखोजे मलाई

लुकेको छ पीडा, र बेथा मुटूमा
हवामा म उड्छु, नजोखे मलाई

निसाना चुकाएँ, बिराएँ ति बाटा
भुलेको छु मूल्य, नतोके मलाई

म आफैं छु भारी, जमाना म सँगै
कसैले गुनासो, नपोखे मलाई

म हिंड्छु किनारा, नदीका तिरैमा
र डुब्छु म त्यहीं, नरोके मलाई

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...