Monday, July 6, 2015

रानी हराएछन् गीत

देखेपछी मुस्कुराउने, बानी हराएछन्
मलाई हेर्ने नजरका, नानी हराएछन्

यौवनमा फक्रिए झैं, डालीका ती फूल
आखिर किन पिरतीका, खानी हराएछन्

मोती लाग्थे उन्का आँसु, छुट्दा डिलबाट
परेलीका ती कोशबाट, पानी हराएछन्

भरोषामा बान्धिएको, हुन्छभन्थे जीवन्
विश्वाश´का चक्र सँगै, मानी हराएछन्

बगानमा एक्लै डुल्छ, आजभोलि रानो
बषन्तको यो बहारमा, रानी हराएछन्

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...