Monday, July 6, 2015

रानी हराएछन् गीत

देखेपछी मुस्कुराउने, बानी हराएछन्
मलाई हेर्ने नजरका, नानी हराएछन्

यौवनमा फक्रिए झैं, डालीका ती फूल
आखिर किन पिरतीका, खानी हराएछन्

मोती लाग्थे उन्का आँसु, छुट्दा डिलबाट
परेलीका ती कोशबाट, पानी हराएछन्

भरोषामा बान्धिएको, हुन्छभन्थे जीवन्
विश्वाश´का चक्र सँगै, मानी हराएछन्

बगानमा एक्लै डुल्छ, आजभोलि रानो
बषन्तको यो बहारमा, रानी हराएछन्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...