Sunday, July 12, 2015

भानुको सम्झनामा


कोकिल कन्ठले, जब तिमरो, ´रामायण´ म बाच्दछु
यस्तो लाग्छ, ´भानु´ यो लयमा, लाखौं बर्ष बांच्दछु ।।

लेख्यौ ´प्रश्नोत्तर´, परन्तु मनमा, सवाल यी अनेकौँ
आउंछु, तिम्रो ´कान्तिपुरी नगरी´, भन कहाँ म भेटौं ।।

लाग्छ अधुरो, ´वधूशिक्षा´ किन हो, समाजका खातिर
लेखि पठाउ, कर्तब्य परायण अझै, दुनियाँका खातिर ।।

ए भानुभक्त, बाङ्ग्मयका ज्योति, बिन्ती उदाउ अझै
भाषा´धर्म´दर्शन, साहित्य जनमा, बिन्ती बुझाउ अझै ।।

साराकृतिहरु गहना, नेपालीका,´भक्तमाला´ म बुज्दछु
हृदयमा बसेको, रामचरित्र ´रामायण´, सदा म पूज्दछु ।।

धरोहर थियौ, रह्यौ रहनेछौ, ´आदिकबि´ यो युगमा
मेटिन्नन् पथहरु,तिमीले कोरेका, साहित्य यो जुगमा  ।।

--------------
प्रेम प्रकाश पौडेल
रामपुर चितवन
असार २७, २०७२ 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...