मैनको धागो झैं, म जल्न चाहन्न
एेनको आगो झैं, म जल्न चाहन्न
------------
आधुनिकताको नाममा छोट्टिएको देखें
नेपाली स्वाभिमानमा, कोट्टिएको देखें
बेमौसममा रुझ्छन, यौवनका भोका
नशिलो अभिमानमा, घोट्टिएको देखें
-----------
यो पराकम्पन्, त्यो पूरानो माया, उस्तैउस्तै लाग्छ
चर्किएको छाती, अनि फुटेको एेना, दु´रुस्तै लाग्छ
-----
आफ्नो त सधैं सधैं नै, रहर भो जिन्दगी
पिउँ कि फ्याकुँ भन्नुस, जहर भो जिन्दगी
भग्नाबेस् भए चाहना, सपना टुटी गए
खण्डहर्´ले भरिएको, शहर भो जिन्दगी
सूनामीले बढारेको, लासै लासको ढेर
बालुवा न पत्थर आज्, बगर भो जिन्दगी
जिन्दगीको के भरोषा छूटि जाने रै´छन्
आफ्नु भन्नेले त यहाँ लूटि जाने रै´छन्
ओठको हान्सो र आँखाको ईशाराले यहाँ
हुन्न भन्दा पनि सारा चूटि जाने रै´छन्
एक ढिक्का, एक आत्मा भन्नेहरुले नै
आँगनीको छेउ पारी कूटि जाने रै´छन्
---------------
उजाडियो त्यो, बन जस्तै जिन्दगी
मुखै कालो भो, धन जस्तै जिन्दगी
उपहार् भन्थे, सृस्टि´को खै के हो
गरुङ्गो पो छ, घन जस्तै जिन्दगी ।।
-------------
शंकालु ईशारा छ तिम्रो
मायालु ईरादा छ तिम्रो
हूने छु तिम्रोनै म सदा
घायल नीशाना छ तिम्रो
,,,,,,,,,,,,,,,,,,,,,,
For Laxman Adhikari (barcelona)
No comments:
Post a Comment