Saturday, July 11, 2015

$$$गीत$$$

झरिले दिलायो, याद पूरानै
कसरी भुलौला, साथ पूरानै

नदिका किनारा, भेट हुँदैनन्
उनीसँगको त्यो, साँझ पूरानै

दिल´ले पुकार्यो, प्रेम पूजारी
मनको म राजा, ताज पूरानै

मधुरा थिए जो, रात ढल्कंदै
पलजो भुतुक्कै, लाज पूरानै

पिरती अधूरो भो, आज ए आफन्त्
कसलाई पोखौं, राज पूरानै

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...