Tuesday, July 7, 2015

असारे गीत

असारे गीत
ठाढो भाकामा
११+६=१७·२=३४
--------------
मनसुन् पापी/ ढिलो गरी आयो, रोपाइ ढिलो भो
बिउको मुठा/ मनपरी फ्याक्यौ, पछ्यौरी हिलो भो।।

बाउसे र लाठे/ कान्लामा बसे, ढोड् बिज्यो खुट्टामा
दिएको बैना/ त्यो रातो रुमाल, मन बुज्यो बुट्टामा।।

दही र चिउरा/ कुम् जोडी खांदा, कसैले देखे कि
दाँया र बाँया/ हेरे है ल माया, हिलोमा टेके सि।।

बर्ष दिन खाने/ मुठी र मानो, गैरी खेत् रोपियो
घरबारी आज/कुल्चौंकी  भनि, भल् पानी छोपियो।।

स्वामी छन् बिदेश/ एकलो ज्यान, मेलामा हिंड्नु छ
नाना र बाला/ पकाइ ख्वाउनु, बेलामा हिंड्नु छ।।  

मनसुन् पापी/ ढिलो गरी आयो, रोपाइ ढिलो भो
बिउको मुठा/ मनपरी फ्याक्यौ, पछ्यौरी हिलो भो।।


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...