Tuesday, July 21, 2015

जरुरी छ 2

कर्तब्य र अधिकार, बुझ्न जरुरी छ
परि आए रगतमा, रुझ्न जरुरी छ

स्वाभिमानी नेपाली हौं, रहन चाहन्छौं
स्वाभिमानका खातिर, जुध्न जरुरी छ

आज ढुङ्गामुढा भोलि बन्दुक् हुन सक्छ
झन्डा बोकी पूर्वपश्चिम, कुद्न जरुरी छ

अखण्डता हाम्रो माग, हिन्दू राष्ट्र होस्
खोसिएका ती हिन्दूत्व, लुछ्न जरुरी छ

कर्तब्य र अधिकार, बुझ्न जरुरी छ
परि आए रगतमा, रुझ्न जरुरी छ

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...