Tuesday, July 21, 2015

जरुरी छ 2

कर्तब्य र अधिकार, बुझ्न जरुरी छ
परि आए रगतमा, रुझ्न जरुरी छ

स्वाभिमानी नेपाली हौं, रहन चाहन्छौं
स्वाभिमानका खातिर, जुध्न जरुरी छ

आज ढुङ्गामुढा भोलि बन्दुक् हुन सक्छ
झन्डा बोकी पूर्वपश्चिम, कुद्न जरुरी छ

अखण्डता हाम्रो माग, हिन्दू राष्ट्र होस्
खोसिएका ती हिन्दूत्व, लुछ्न जरुरी छ

कर्तब्य र अधिकार, बुझ्न जरुरी छ
परि आए रगतमा, रुझ्न जरुरी छ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...