Tuesday, July 7, 2015

बिचार



राजनीति र नियत 

नियती हो भोग्नै पर्छ तर नियत खराब भएकाहरु सँग जोगिनु या टाढै रहनु पर्छ।प्रसँग हिन्दू राष्ट्र,हिन्दू सापेक्ष राष्ट्र या धर्म निरपेक्ष राष्ट्र। हिजोको ईतिहास भन्दा धेरै फरक छ अहिलेको बर्तमान। देशले धेरै कालखण्ड भोगिसकेको छ। दैबी प्रकोप देखि लिएर कथित महाराजाहरु भोगेको छ झेलेको छ राष्ट्रले। सिमित राजनीति फाईदाको लागि र अहमबाद मौलाएको बेलामा (जसलाई म राजनीतिक क्रान्ति मात्र भन्न् चाहन्न)देशलाई एक मैदान बनाइयो जहाँ मनलाग्दी खेलहरु (बाद) को प्रशिक्षण भए। सकेसम्म भकुण्डो आफ्नो पोल्टोमा पार्ने दुशित खेल चलिरह्यो। राजनीति र सामाजिक परिवर्तन भन्दै गाई काटेर ख्वाइयो पनि। तुहिएको क्रान्ति सङ्गै स्खलित भए सामाजिक परिवर्तनका मुद्धाहरु। अनि खेल सुरुभयो संघियता र धर्म निरपेक्षको। संघियता आफ्नो ठाउमा छ अहिलेको नेपाली समाजको माग हो कि होइन त्यो त भोलि नै थाहा हुन्छ। कहिले बाट र कहाँ बाट जन्मियो? यो सानो देशमा संघियताका कुराहरु। त्यो धेरै महापण्डितहरु व्याख्या गरिसकेका छन्। टुक्रे महाराजाका श्रीपेच गुथ्ने सोच र भोकमा गुज्रिएकाहरु दिमागी उपज हो, संघियता। १४७१८१ बर्ग किमी भएको राष्ट्रलाई कति राज्यमा बिभाजन गर्नेहुन् त्यो त हेर्न नै बाँकी छ। आखिर जुनसुकै शिर्षक (पहिचान,भौगोलिक, सामर्थ्य इत्यादी) मा काटे पनि देश टुक्रिने नै हो उदेश्य टुक्राउने नै हो। ¨डिभाइड एन्ड रुल¨ पृथ्वी नारायण शाहका मुर्ती ढलाउनेहरु एकताको कुरा गर्दै संघियताको घिनौना वकालत गर्छन्। भूकम्पले ध्वस्त बनाएकाहरुको स्थाइ बास बनाउन नसकेकाहरुले भोलि टुक्रे राज्यहरुको ब्यबस्थापन कसोरी गर्ने हुन् त्यो पनि हेर्न बाँकी नै छ। अझै पनि मेरो चुनावी क्षेत्र भन्दै रकम निकाशी र बाँड्फाड गर्नमा तल्लिन छ सरकार अनि प्रतिपक्ष। असारको चटारोमा स्थानिय बिकास रकम निकाशा गर्दैछ सरकार भने प्रतिपक्षी हो मा हो मिलाउंदै छन्।जिल्ला जिल्लाका सदरमुकाम र सदरमुकाम बाट देशको राजधानी जोड्ने एउटा गतिलो राजमार्ग बनाउन सकेका छैनन्। गर्नु पर्ने धेरै छन् तर दरिद्र सोचका टाउकेहरु ¨माछा देख्दा दुलोमा हात भ्यागुता देखे बाहिर भने झैं¨ भएका छन्। हो संघियता चाहिन्छ हुनु राम्रो पनि हो तर सर्बप्रथम त देश पूर्व-पश्चिम एकनासले बिकषित भएको हुनुपर्छ, भौतिक रचनाहरु समान रुपले निर्माण हुनुपर्छ। संघियताको लागि हुनुपर्ने सामाजिक,आर्थिक पूर्वभ्याश नभैकन सम्भब पनि छैन। जतिसुकै संघियता आयोग र समितीले काम गरे पनि सिमांकन बिबाद रही नै रहनेछ। त्यसैले म संघियता बिरोधी भने होइन तर समोन्नती प्रगती र बिकास नभै अहिले देशलाई टुक्र्याउने काम नहोस् भन्ने मात्र हो। 
----
हिन्दु शब्द आँफैमा महान छ। जहाँ सन्स्कार छन्। जहाँ भौतिकबाद बाट केही अलग्गिएर अध्यात्मबाद सँगै जीवन जिउने कलाहरु छन्। खुला समुन्द्र जस्तै जो कोही डुबुल्की मार्न सक्छन्। स्वतन्त्रताको अर्को नाम हो हिन्दू, जहाँ ढुङ्गा पूजिन्छ भने मानबता आँफैमा इश्वर (सकरात्मक सोच) कहलिन्छ।¨हिन्दू¨ एक सोच हो बिचार हो भन्न् अतियुक्त नहोला पनि। खाली मुर्तिपुजाको बिरोध हुनु स्वभाविक हो भने बली प्रथा रोकियोस भन्ने धेरैको धारणा पनि छ। भने अहिले आएर हिन्दू शब्दलाई नै किन बिबादमा तानिन खोजिदै छ? हरिया डलरका एजेन्टहरु राता निला ठेलीहरु गाउँ छिराउदैमा देश धर्म निरपेक्ष हुनु हुँदैन भन्ने धेरैको ठम्याइ पनि यही नै हो। विकिपेडियाले ¨हिन्दू¨ शब्दको परिभाषा र व्याख्या जसरी गरेपनि निछोड एउटै छ त्यो के हो भने मानब सभ्यताको बिकाष सँगै पहिलो र दोश्रो सताब्दीमा  अर्थशास्त्र,राजनिती,सामाजिक,मानव शास्त्रको व्याख्या गर्दै यथार्थ रुपमा एउटा बिज्ञान(तरिका,माध्यम) को पादुर्भाव भयो त्यो नै ¨हिन्दू¨ हो। जसको आधारमा ठूल्ठूला ग्रन्थलेखिय चाहे त्यो ईस्लामिक होस्स चाहे त्यो क्रिश्चियनका। हिन्दू एस्तो आधार(बेस) हो जहाँ बिज्ञान(शास्त्र)ले हार खाइसकेको छ। भने यो २२औं सताब्दिमा बुद्ध जन्मिएको देश नेपाल लाई एक हिन्दु राष्ट्र सम्बोधन गर्न किन हिचकिचाउन पर्‍यो? 

भाषा,सभ्यता,सन्स्क्रिती,ज्ञान सारा जो मानब जातिको लागि नितान्त जरुरी छन् त्यो सबै पाईन्छ ¨हिन्दू¨ शब्द र शब्दावलिमा। ज्ञानहरुको श्रोत हो हिन्दूत्व भने धर्महरुको महाधर्म हो हिन्दू। जहाँ सबै बिचार धर्मावलम्बिहरु अटाउछन बिचारहरु अटाउंछन् हिजो पनि अटाएका थिए भोलि पनि अटाउने नै छन्। जती बिग्रिसक्यो बिग्रियो अब बिग्रिनु हुँदैन। 

म धर्म निरपेक्षको बिरोधी पनि होइन न संघियताको नै तर यथार्थ के हो भने बर्तमान राजनतिको मूल समस्या र देशले निकाश पाउन नसकेको मूख्य मुद्धा नै यही हो। यदी साँच्चै नै जनमतको कदर हुन्छ भने,एक पटक छातीमा हात राखेर यी दुई मुद्धामा जनमत लिनै पर्छ। होइन भने ब्रिटिश साम्राज्यबादिहरुलाई लखटेका गोर्खाली खुकुरीहरु अझै कोतहरुमा छन्। 

असार २२,२०७२ 
श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन 
हाल स्पेन 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...