Wednesday, July 15, 2015

गजल जस्तै बाउ छ शहरमा

जलप लगाएका कै, भाउ छ शहरमा
निको नहुने पुरानै, घाउ छ शहरमा

हेर बछेडा र चल्ला, भोक्भोकै मरेका
भकारो नछाड्ने त्यै, माउ छ शहरमा

शनि मन्छाएं परन्तु, साँढे´सात उस्तै
लिसो टास्सिएका झैं, राहु छ शहरमा

गिंड्छन रे ममता, मातृत्वका नाममा
बुझ्यौ त अचानो मै, दाउ छ शहरमा

छोरो सोध्छ ए आमा, केके छ शहरमा
जान्छस् त तं सौताने, बाउ छ शहरमा ??

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...