Saturday, July 25, 2015

भोलि थाहा छैन G

खै! के के, हुने हो, भोलि थाहा छैन
च्यातिने, पो होकी, झोलि थाहा छैन

बहाना, भाँचियो, डुङ्गामा छेद् छ
तर्नु त, छँ´दैछ, खोली थाहा छैन

मलामी, लाई निम्ता, चलन् बसाए
जन्ती र, नौमती, डोली थाहा छैन

मस्यौदा, के थियो, सुझाव कहाँ छन्
संकल्प्´को ,के कुरा, बोली थाहा छैन

जल्दैछ, दुनियाँ, दुनियाँ देखेर
न धुवाँ, न आगो, गोली थाहा छैन


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...