Tuesday, July 7, 2015

निसानीमा साथी

हरेक सुन्दर, बिहानीमा साथी
खुल्दछ जिन्दगी, रूमानीमा साथी

मातेको छु आज, बैन्शको नशाले
यस्तै हुँदो रै´छ, दिवानीमा साथी

खेलेर जान्छन्, खेल् होइन माया
के गर्नु विश्वाश्, जमानीमा साथी

छट्पटी अनिदो, मिठा यी पिडामा
खै के के हुने हो, जवानीमा साथी!?

अघाउन्न यो मन्, प्रेमको नगर´मा
कोही आयो नयाँ, निसानीमा साथी

हरेक सुन्दर, बिहानीमा साथी
खुल्दछ जिन्दगी, रूमानीमा साथी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...