Tuesday, July 7, 2015

निसानीमा साथी

हरेक सुन्दर, बिहानीमा साथी
खुल्दछ जिन्दगी, रूमानीमा साथी

मातेको छु आज, बैन्शको नशाले
यस्तै हुँदो रै´छ, दिवानीमा साथी

खेलेर जान्छन्, खेल् होइन माया
के गर्नु विश्वाश्, जमानीमा साथी

छट्पटी अनिदो, मिठा यी पिडामा
खै के के हुने हो, जवानीमा साथी!?

अघाउन्न यो मन्, प्रेमको नगर´मा
कोही आयो नयाँ, निसानीमा साथी

हरेक सुन्दर, बिहानीमा साथी
खुल्दछ जिन्दगी, रूमानीमा साथी

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...