Saturday, July 4, 2015

कहानी जिन्दगीको

मिलेर लेखौं, कहानी जिन्दगीको
खुलेर लेखौं, जवानी जिन्दगीको

कथा छ बेथा छ हाम्रो जिन्दगीमा
बुझेर लेखौं, रूमानी जिन्दगीको

भएन भन्छौ, कहीले पो सिक्यौ
सिकेर लेखौं, निशानी जिन्दगीको

झरी छ साउनको मज्जा लिनु है
रूझेर लेखौं, बिहानी जिन्दगीको

रहेछ यात्रा, नटुङ्गिने कहिल्यै
झुमेर लेखौं, सुहानी जिन्दगीको 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...