Saturday, July 4, 2015

कहानी जिन्दगीको

मिलेर लेखौं, कहानी जिन्दगीको
खुलेर लेखौं, जवानी जिन्दगीको

कथा छ बेथा छ हाम्रो जिन्दगीमा
बुझेर लेखौं, रूमानी जिन्दगीको

भएन भन्छौ, कहीले पो सिक्यौ
सिकेर लेखौं, निशानी जिन्दगीको

झरी छ साउनको मज्जा लिनु है
रूझेर लेखौं, बिहानी जिन्दगीको

रहेछ यात्रा, नटुङ्गिने कहिल्यै
झुमेर लेखौं, सुहानी जिन्दगीको 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...