Thursday, July 9, 2015

कस्तो मोड आयो, कहानीमा साथी

हरेक् यी सुन्दर, रूमानीमा साथी
खुल्दछन् नजर, बिहानीमा साथी

लेख्दछु कबिता, हेरेर तस्बिर्´मा
सौन्दर्य निखार, रिसानीमा साथी

सपना बिपना, झझल्कोमा उनी
तस्बिर लुकाएं, सिरानीमा साथी

सोचेको चन्द्रमा, धूलको साथ पाइन
कस्तो मोड आयो, कहानीमा साथी

बेमतलब् बेवास्था, देखेको नदेखै
कोहीआयो उन्को, निसानीमा साथी

छट्पटी अनिदो, मिठा यी पिडामा
खै के के हुने हो, जवानीमा साथी!?

title seems: Sajde (kill dill)

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...