Thursday, July 9, 2015

कस्तो मोड आयो, कहानीमा साथी

हरेक् यी सुन्दर, रूमानीमा साथी
खुल्दछन् नजर, बिहानीमा साथी

लेख्दछु कबिता, हेरेर तस्बिर्´मा
सौन्दर्य निखार, रिसानीमा साथी

सपना बिपना, झझल्कोमा उनी
तस्बिर लुकाएं, सिरानीमा साथी

सोचेको चन्द्रमा, धूलको साथ पाइन
कस्तो मोड आयो, कहानीमा साथी

बेमतलब् बेवास्था, देखेको नदेखै
कोहीआयो उन्को, निसानीमा साथी

छट्पटी अनिदो, मिठा यी पिडामा
खै के के हुने हो, जवानीमा साथी!?

title seems: Sajde (kill dill)

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...